पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – आफ्नो १५ औँ अनसनस्थलका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २ सय मिटर अगाडि नै प्रहरीले रोकेको छ ।
शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय , प्रहरी कार्यालयबाट २ सय मिटर दूरीमा जिल्ला प्रशासन कार्यालयले अनसन प्रतिबन्ध गरिएको सूचना जारी भएपछि डाक्टर केसीको अनसन प्रभावित भएको छ ।
जुम्लाको स्नोल्याण्ड होटलमा बसेका डाक्टर केसीले अनसनका लागि भन्दै प्रतिष्ठानतिर लाग्दै गर्दा टुँडिखेलको माथिल्लो गेटमा रोकेको हो । डाक्टर केसीले भने प्रतिष्ठानमै अनसन बस्ने जिद्धी गरिरहनु भएको छ । चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै जुम्लामा अनसन बस्ने तयारीमा रहेका केसस्लाई अहिले स्थानीयको सहयोगमा बाटोमै प्लाष्टिकको कुर्सी राखेर बसालिएको छ ।
प्रतिष्ठान जान नदिए बाटोमै अनसन बस्ने केसीले चेतावनी दिनुभएको छ । केसी बाटोमै बसेको जुम्लाको टुँडिखेल कडा सुरक्षा घेराभित्र राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा घेरा कडा पारेका छन । केसीको समर्थकमा स्थानीयले अस्पताल जान दिनुपर्ने बताएका छन । अस्पताल रोड अहिले निकै तनावग्रस्त भएको छ ।
डाक्टर केसी जुम्ला पुगेकै दिन सरकारले उहाँसँग गरिएका सम्झौता विपरीत काठमाडौंमा पनि नयाँ मेडिकल कलेज खोल्न पाउने गरी चिकित्सा शिक्षा विधेयक अघि बढाएको छ ।
सरकारले संसदमा हिजो दर्ता गरेको यो विधेयक पारित भएमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको लगानी रहेको काठमाडौंको मनमोहन मेमोरियल कलेज र झापाको बी एण्ड सी कलेजले पनि सम्बन्धन पाउने छन् । यसअघि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी सरकारले डाक्टर केसीसँग सहमति गरेको भए पनि विधेयकमा कलेज खोल्न पाउने व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।