साकेला गाउँपालिका–३ का वडाध्यक्ष मणिकुमार राईको निधन

 वैशाख १०, २०७६ मंगलबार १२:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको साकेला गाउँपालिका–३, खिदिमाका वडाध्यक्ष मणिकुमार राईको निधन धएको छ ।

निमोनियका कारण बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ निधन भएको हो । छाती दुख्ने, ज्वरो आउने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको बाटैमा निधन भएको हो । 

आइतबार घरैमा स्वास्थ्यकर्मी बोलाएर इन्जेक्सन दिइएका राईको स्वास्थ्यमा सुधार नभएपछि अस्पताल हिँडाइएको थियो । तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका राईको निधनमा नेकपाका नेता तथा शुभेच्छुक खिदिमा पुगेका नेकपा खोटाङका नेता बबी चामलिङले बताउनुभयो । 

२०३९ साल पुस १ गते जन्मिएका राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजकको भूमीमाका हुनुहुन्थ्यो ।

२०५४ सालमा अनेरास्ववियू सिद्धेश्वरी मावि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका राई अनेरास्ववियूका जिल्ला सदस्य, तत्कालीन एमालेका गाउँ कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । साहित्यमा मणि मञ्जिलका नामले परिचित राईका श्रीमती र दुई छोरी हुनुहुन्छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया