माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताउनुभएको छ ।
पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताउनुभयो । ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ’,उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउन सरकार सकारात्मक रहेको बताउँदै सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको पनि जानकारी दिनुभयाे ।
‘सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो काम विवाद रहित ढंगले टुंगिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।