माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - सगरमाथा चढ्नको लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीको संख्या अहिलेसम्मकै बढी भएको छ ।
यो वर्षको वसन्त ऋतुमा सगरमाथा चढ्नको लागि आजसम्म ३७५ जनाले अनुमति लिएका पर्यटन विभागका विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो । दुई वर्षअघि सन् २०१७ मा सगरमाथा चढ्नको लागि ३७२ जनाले अनुमति लिएका थिए । अनुमति लिनेहरु ३८ वटा समूहमा आबद्ध छन् ।
सगरमाथा चढ्न अनुमति लिनेहरुमा पाँचवटा टोलीमा आबद्ध १३ जना नेपाली रहेका छन् । पर्यटन विभागबाट अनुमति लिने क्रम रहेकोले आरोहीको संख्या बढ्न सक्ने पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो ।
यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमाल चढ्न आजसम्ममा ९५ समूहका ८०३ आरोहीले अनुमति लिएका छन् ।
सगरमाथा आधारशिविरमा अहिले आरोही, आरोहण सहयोगी, व्यवस्थापनका कर्मचारी तथा भरियाहरुले भरिभराउ भएको छ । मानव बस्तीबाट टाढा रहेको आधारशिविरमा आरोही र सहयोगी बस्ने शिविरहरू कहाँ कहाँ रहने भनेर छुट्ट्याउने काम सकिएको विभागका महानिर्देशक घिमिरले बताउनुभयो ।
आरोहीहरुलाई समन्वय एवम् सहयोग गर्नको लागि विभागले सम्पर्क अधिकृत खटाउने गरेको छ । तर गएका वर्षहरुमा सम्पर्क अधिकृत आधारशिविरमा नबसेको गुनासो बढेकाले यस वर्ष कडाइ गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।