माझी समुदायले लदी पर्व मनाउँदै
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा ८० प्रतिशत प्रगति भएको तथ्याङक सार्वजनिक गरेको छ ।
मंगलबार प्राधिकरणमा भएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशिल ज्ञवालीले अनुदान सम्झौता गरेका झण्डै ७ लाख ६२ हजार भूकम्प प्रभावितमध्ये ६ लाख १२ हजार घर पुनर्निर्माण प्रकृयामा रहेको बताउनुभयो । तीमध्ये ३ लाख ८२ हजार घर बनेका र २ लाख ३० हजार घर निर्माणको चरणमा रहेका प्राधिकरणको तथ्याङक छ ।
सरकारले पुनर्निर्माणमा आर्थिक र प्राविधिक सहयोग गरेको छ । सीईओ ज्ञवालीले प्राधिकरणले अपनाएको पुनर्निर्माण र पुर्नस्थापनाको मौलिक शैली पुनर्निर्माणमा हासिल भएको प्रगति र परिणामले सही छ भन्ने प्रमाणित गरेको बताउनुभयो । नेपालले मौलिक शैलीमा गरेको पुनर्निर्माणलाई दातृराष्ट्र र अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरेका उहाँले दावी गर्नुभयो ।
उहाँले भूकम्पपछि नेपालले पुनर्निर्माणमा गरेका काम र प्रगति विश्वका लागि नमुनायोग्य र अनुकरणीय भएको समेत उल्लेख गर्नुभयो ।
प्राधिकरणले जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । त्यस्तै भूमिहीन, स्ववासी लगायतका समस्या पनि समाधान गर्ने चरणमा रहेको उहाँले बताउनुभयो ।
पुनर्निर्माणमा वित्तीय चुनौती कायम रहेको भन्दै सीईओ ज्ञवालीले यसबारेमा छलफल भैरहेको बताउनुभएको छ । संघीयता कार्यान्वयनको पाटो कर्मचारी समायोजनसँगै पुनर्निर्माणमा अनुभव हासिल गरेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटिएपछि पुनर्निर्माणमा चुनौती थपिएको पनि उहाँको भनाइ छ ।
कर्मचारी अभावमा पुनर्निर्माण प्रभावित हुन नदिन संघमा समायोजन भएका कर्मचारी व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालसँग छलफल भैरहेको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ईस्वोर बराकोटी
April 23, 2019, 7:12 p.m.इन्जिनियरको आन्दोलनले काम रोकियको पनि समाचार बनाऊ न !