राष्ट्रपति आज चीन जाँदै

 वैशाख ११, २०७६ बुधबार ८:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन जाँदै हुनुहुन्छ । 

राष्ट्रपति भण्डारी बिहान ११ बजे नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीन जाने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । 

उहाँले बेइजिङमा हुने बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।

बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया