खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म 'भारत' मा कट्रिना कैफले प्रमुख भूमिका निभाएकी छिन् । 'भारत' फिल्ममा सलमान खान र कट्रिनाले स्क्रीन शेयर गरेका छन् ।
कट्रिनाले चलचित्रको विषयवस्तु विकासमा पनि आफ्नो निकै रुचि रहेको बताएकी छिन् । यो सँगै उनले आफू निर्माता बन्न चाहेको विचार व्यक्त गरेकी छिन् । ‘फिट अप विद द स्टार्स २’ कार्यक्रममा व्यस्त रहेकी कट्रिनाले फिल्म निर्माणलाई लिएर आफू निकै उत्सुक भएको बताएकी हुन् ।
आफ्नो भविष्यको योजनाको बारेमा प्रश्न गर्दा कट्रिनाले निर्माता बन्न चाहेको आशय व्यक्त गरेकी थिइन् । साथै उनले अनुष्का शर्मा र दीपिका पादुकोणलाई आफ्नै निजी प्रोडक्शन हाउस बनाएकोमा बधाइ पनि दिएकी छिन् । उनले भनेकी छिन्, ‘विषयवस्तु विकासलाई लिएर म उत्साहित छु र म निर्माता बनेर त्यो जिम्मेवारी लिन चाहन्छु ।’
अनुष्का शर्माले आफ्नो प्रोडक्शन हाउसबाट 'एनएस १०' र 'परी' जस्ता चलचित्र निर्माण गरेकी थिइन् भने दीपिका पादुकाेण पनि चलचित्र 'छपाक' लाई सह–निर्माण गर्दैछिन् ।
कट्रिना यतिखेर रोहित शेट्टीको फिल्म 'सूर्यवंशी' लाई लिएर पनि चर्चामा छिन् । यो चलचित्रमा उनको जोडीको रुपमा अक्षय कुमार हुनेछन् । यी दुईले यसअघि 'वेलकम', 'सिं इज किंग', 'नमस्ते लण्डन' जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।