रुकुममा जीप दुर्घटना हुँदा नौ महिने बालिकाको ज्यान गयाे , ५ जना घाइते

 बैशाख २०, २०७६ शुक्रबार २०:३४:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - सिस्ने गाउँपालिका-८, झिमखोलामा शुक्रबार जीप दुर्घटना हुँदा ९ महिने बालिकाको ज्यान गएको छ ।

रुकुम पश्चिमको मुसीकोटबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका-७, सिस्नेरीतर्फ जाँदै गरेको लु १ ज १७८१ नम्बरको जीप दुर्घटना हुँदा सिस्ने-८ भुरुंगाकी ९ महिने निर्जला रावलको ज्यान गएको तथा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

निमित्त जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार घाइते हुनेहरुमा मृतक निर्जलाकी आमा २४ वर्षीया रमिता रावल, चालक सिस्ने-८ का २५ वर्षीय राजन बोहरा, सिस्ने-८ का १७ वर्षlय मोहन चन्द, सिस्ने-७ की १७ वर्षlया ज्ञानु रेउले र त्यसै ठाउँकी १६ वर्षीया इश्वरी गौतम रहेका छन् ।

जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको, चालक गम्भीर घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको निमित्त प्रहरी प्रमुख सुनारले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया