हेटौंडाबाट डेढ किलाे सुनसहित एक जना पक्राउ

 बैशाख २६, २०७६ बिहिबार १६:१६:१९ | हरि हुमागाईं

मकवानपुर - मकवानपुर प्रहरीले एक केजी ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम अवैध सुनसहित एक जनालाई हेटौंडाको रातोमाटेबाट पक्राउ गरेको छ ।

काठमाण्डौबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । सुनसहित भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ४ वस्ने २९ वर्षीय किशोर ल्वागुन बिकलाई पक्राउ गरिएको हो । 

उनको दुवै खुट्टाको जुत्ताभित्र पैतालामुनि केही सुनका पाता राखेका थिए । अरु केही सुन उनले लगाएको पाइन्टको खल्तिमा राखेर निकासी गर्न लागेका थिए ।

निकासी गर्न लागिएको सुन भन्सार छली अवैध रुपमा ल्याइएकोले बरामद गरिएको सिंहले पत्रकार समेतलनमा जानकारी गराउनुभयो । आजको बजार दर अनुसार ८५ लाख ८६ हजार २६ रुपैयाँ मूल्य पर्ने सुन बरामद गरिएको हो ।

पक्राउ परेका बिक र सुनको थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पथलैयामा पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया