पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर – नसर्ने रोगको जोखिम न्यूनिकरण गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गराउनका लागि प्रदेश ३ मा सुरु भएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत हेटौँडा अस्पतालमा ५ सय १४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो ।
स्वास्थ्य परीक्षण गराउने महिलाको सहभागिता उल्लेख्य रहेको पाइएको छ । गएको चैत १७ गतेदेखि वैशाख २२ गतेसम्म ३ सय ५९ जना महिला र १ सय ५५ जना पुरुषले स्वास्थ्य परीक्षण गराएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालका संयोजक सिनियर अहेब अनन्त बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाका अनुसार सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिका –१७ बाट ७२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
प्रदेश नम्बर ३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई नौ वटा योजना मध्य एक नमूना कार्यक्रमको रुपमा सुरु गरेको हो ।
हामी कति स्वस्थ छौं भनेर जानकारी दिनको लागि यो कार्यक्रम सत्र्चालनमा ल्याइएको हो । यो कार्यक्रममा ज्येष्ठ नागरिक पनि स्वास्थ्य परीक्षण गराउन आएका छन् । ज्येष्ठ नागरिकलाई जटिल रोग नलागेको र अस्पताल नै नपुगेकाहरुको पहिचान गरी स्वास्थ्य सेवा प्रदान गरिएको बास्कोटाले जानकारी दिनुभयो ।
प्रदेश सरकारले पाइलट प्रोजेक्टको रुपमा हेटौँडा उपमहानगर क्षेत्रमा यो सेवा सुरु गरेको हो । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परीक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परीक्षण गर्ने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।