पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - मकवानपुरको हेटौंडामा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई शनिबार बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।
पूर्व राजदूत तथा सांसदसमेत रहनुभएका श्रेष्ठलाई हेटौंडाको बुद्धचोकमा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्नुभएकाे थियाे। नेवाः सांस्कृतिक पुच मकवानपुरको आयोजनामा गरिएको विशेष कार्यक्रम श्रेष्ठलाई रथमा चढाएर हेटौंडा नगर परिक्रमा गराइएकाे हाे । श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा सम्मान गरिएको हो । कार्यक्रममा सभामुख श्रेष्ठ, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायत स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो ।
श्रेष्ठले मकवानपुरसहित देशैभरी पुर्याउनुभएको योगदानको कदर गर्दै नेवा सांस्कृतिक पुच: मकवानपुरले सम्मान गरेको हो ।
नेवाः सांस्कृतिक पुच मकवानपुरको सल्लाहकार समेत रहनुभएका श्रेष्ठले विभिन्न विषयमा ३० वटा पुस्तक लेखिसक्नुभएको छ । धेरै भाषामा दक्खल राख्ने श्रेष्ठ २ पटक सांसद समेत हुनुभएको छ ।
हेटौंडाको चौकिटोल निवासी हिरण्यलाल लामो समयदेखि काठमाण्डौमा बस्दै आउनुभएको छ । विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशन गर्दै आउनुभएका उहाँ परराष्ट्रविदका रुपमा परिचित हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।