भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
सप्तरी – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको आरोप लगाउनुभएको छ ।
राजपा नेपालले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र सञ्चार क्षेत्रसमेतलाई नियन्त्रण गरेर सरकार निरंकुश बन्न खोजिरहेको तर्क दिनुभयाे ।
‘न्यायाधीश नियुक्तिदेखि न्यायालयका हरेक गतिविधिमा सरकार हस्तक्षेप गर्छ, यो राम्रो संकेत होइन’,उहाँले भन्नुभयाे, ‘पूर्वन्यायाधीशहरुको निष्कर्षले पनि न्यायपालिका ठिक ढंगले अघि नबढेको र सुधार गर्न ढिलाे भइसकेको देखाएको छ ।'
यस्तै राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, सम्पत्ति शुद्धिकरणलगायतका अनुसन्धान गर्ने निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत पुर्याएर सरकारले गलत अभ्यास गरिरहेको उहाँको भनाइ छ।
मधेशी जनता माथि भइरहेको विभेद अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको र सरकार संविधान संशोधन गर्ने मानसिकतामै नरहेकाले त्यसले विखण्डनको बाटो खोल्न सक्ने जिकिर गर्दै उहाँले भन्नुभयाे, ‘विभेदले विद्रोहको जन्म दिन्छ र विद्रोहबाट विखण्डनको अवस्था सिर्जना हुनसक्छ । त्यसैले सरकार लचक भएर असन्तुष्टीहरुलाई सम्बोधन गर्नेतर्फ लाग्न जरुरी छ ।'
शनिबार भएकाे यस पत्रकार सम्मेलनमा सांसद नेत्रविक्रम साह ,राजपा नेपालका केन्द्रिय महासचिव केशब झाँ ,केन्द्रिय सह कोषाध्यक्ष गजेन्द्र मण्डल ,राजपा नेपालका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, निरज मुक्ति, जिवन यादव, हरेराम यादव, नरेन्द्र यादव, मनोज झा, अमरनाथ मण्डल, जय नारायण यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।