चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कूल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न पहल गरिरहेको बताउनुभएको छ ।
यसअघिको बजेटमा स्वास्थ्यतर्फ कूल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको भन्दै त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पुर्याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताउनुभयो । कान्तिबाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो,‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो । त्यसलाई कम्तिमा दश प्रतिशत पुर्याउन मैले प्रधानमन्त्रीज्यूसँग र योजना आयोगमा कुरा गरेको छु ।’
थाइल्याण्डमा कूल बजेटको २१ प्रतिशत विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । कान्ति बाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयाे ।
कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिनुभयो ।
टेकुमा रहेकाे परिवार स्वास्थ्य महाशाखाले झण्डै ८० लाख मूल्यको उपकरण बिहीबार कान्ति बाल अस्पताललाई उपलब्ध गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।