११ औँ 'राष्ट्रपति रनिङ शिल्ड' को उद्घाटनमा बम पड्कियो

 जेठ १५, २०७६ बुधबार १७:४९:४१ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११ औँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको छ । 

नेकपा विप्लव समूहले कार्यक्रम स्थलदेखि एक किलोमिटर आसपास बम पड्काएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मुख्यमन्त्री शाही दुई घण्टा पलाँता बसेर महाबै गाउँपालिका फर्किनुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ११ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन  गर्नुभएको हो ।  त्यस्तै सामाजिक विकास मन्त्री दलबहादुर रावलले खेदकुदबाट नै राष्ट्रको समृद्धि हुनेमा जोड दिनुभयो । 

मुख्यमन्त्री शाहीले बुधबार नै सामुदायिक रेडियो पलाँता आवाज ९० दशमलव ३ मेगार्हज र पलाँता वृद्ध आश्रमको समेत उद्घाटन गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया