पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - संघीय सरकारले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा मकवानपुरका पनि केही क्षेत्र समेटिएको छ ।
संघीय सरकारले मकवानपुरको हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने भएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।
मयुरधापमा यसअघि नै औद्योगिक क्षेत्रको नाममा जग्गा प्राप्त भएको छ । जग्गामा केहीक्षेत्र घेराबार पनि गरिएको छ । तर, अरु काम भने हुन सकेको छैन । संघीय सरकारले पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगको क्षमता बिस्तार गर्ने भएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि पुराना मेसिनका कारण समस्या बेहोर्दै आएको सिमेन्ट उद्योगको क्षमता विस्तारमा सरकारले बजेटमार्फत यसको क्षमतामा थप विस्तार गर्न लागेको हो ।
संघीय सरकारले ढल्केबर–हेटौडा प्रसारण लाइनको सबस्टेसन निर्माण गर्ने आज संसदमा प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यसैगरी द्रुतमार्ग निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।
मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
यसैगरी कान्ति लोकपथ सडक निर्माणका लागि ६१ करोड रुपैयाँ छुट्याइएको छ । कान्तिलोकपथको हेटौंडाबाट काठमाण्डौसम्म जोडिएपछि साना तथा ठुला सवारीका साधनहरु यस सडक भएर चल्न सक्ने छन् । यसैगरी फास्ट ट्र्याकका लागि १५ अर्ब विनियोजन गरिएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।