चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गुभएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने गर्छ ।
यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातिका लामखुट्टेमा पाइँदैन ।
यसमा चार प्रकारका डेङ्गु भाइरस हुन्छन । त्यो भाइरस शरीरमा प्रवेश गरेपछि डेङ्गुज्वरो लाग्ने हो । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ ।
डेङ्गुका लक्षणहरु
सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।
त्यस्तै जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ ।
यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।
डेङ्गुले निम्त्याउने जोखिम
डेङ्गुबाट बच्ने उपाय
– विना न्यौपानेले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता डाक्टर अनुप बास्तोलासँग गर्नुभएको कुराकानीमा आधारित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।