लुटेराको आक्रमणबाट अमेरिकामा एक नेपाली मारिए

 असार २१, २०७५ बिहीबार ८:५८:५७ | कुमार बद्री न्यौपाने
unn.prixa.net

भर्जिनिया, संयुक्त राज्य अमेरिका – संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन शहरमा लुटेराको आक्रमणमा परि एक नेपाली युवकले ज्यान गुमाएका छन् । अमेरिकाको स्वतन्त्रता दिवशको दिनमै एकाबिहानै १ बजेर १५ मिनट जाँदा ४० वर्षीय रेशम बजगाँईमाथि आक्रमण भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एबीसी सेभेन अनलाइनले जनाएको छ ।
 
प्रहरीका अनुसार सम्भवतः लुट्ने क्रममा लुटेराले बजगाँईको टाउकोमा आक्रमण गरेका थिए । उहाँ सुनोको ग्यास स्टेशनमा कार्यरत हुनुहुन्थ्यो ।
    
हरन्डनस्थित शपिङ मलमा घटना हुनासाथ नजिकैको पार्किङ लटबाट १९ वर्षीय संदिग्ध बन्दुकधारी अाक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मोहम्मद अब्दुल्लाह नामक ती युवक यसअघि २०१७ मा पनि अपराधिक क्रियाकलापबाट पक्राउ परेका थिए । 

धादिङ निवासी बजगाँई गएको सेप्टेम्बरमा मात्र अमेरिका आउनुभएको थियो । । उहाँका श्रीमती र एक वर्षीय छोरी रहेको थाहा हुन आएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया