आज काठमाण्डौको दरबारमार्गमा एमालेको प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
बारा - बाराका हावाहुरी पीडितहरुले भनसुनको आधारमा सरकारले घर निर्माण गरिरहेको आरोप लगाएका छन् ।
कलैयामा बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले क्षतिको संकलनका क्रममा थुप्रै वास्तविक पीडितहरुको नाम छुटाएको आरोप लगाएका छन्। उनीहरुले आफूहरुलाई बस्ने ठाउँ नभए पनि सरकारले आफूहरुको घर निर्माणको सूचीमा नाम समावेश नगरेको आरोप लगाए।
सुवर्ण गाउँपालिका -४ का स्थानीयवासीले कलैयामा पत्रकार सम्मेलन गरि वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालयले वास्तविक करिब एक सय पिडितहरुको नाम पीडितको सूचीमा नराखेको आरोप लगाएका हुन् । वडाध्यक्ष ढोलेन्दर यादव र गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्ना नजिकका व्यक्तिहरु पीडित नभए पनि पिडितको सूचीमा नाम समावेश गराएर घर निर्माण गराइरहेको सुवर्ण गाउँपालिका-४ की प्रभावती देवीले आरोप लगाउनु भयो।
प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्दा स्थानीय तहले उपलब्ध गराएको सूचीलाई नै आफूहरुले आधार मानेर घर निर्माणको काम अगाडि बढाएको बताएर गाउँपालिकामा नै जान सुझाव दिएकाे अर्की पीडित शान्तिदेवी यादवले दुखेसो व्यक्त गर्नुभयो ।
हर्दियाका झण्डै एक सय हावाहुरी पीडितहरुको नाम सरकारले घर निर्माण गरिरहेको सूचीमा समावेश नभएको हर्दियाकी पीडित शैल देवीले बताउनु भयो ।
हर्दियाका पीडितहरुले बिहीबार दिउँसो केही बेर जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । वडाध्यक्ष र गाउँपालिका अध्यक्षको नजिक नभएकै कारण हुरीले आफ्नो घर भत्काए पनि पीडितको सूचीमा नाम समावेश हुन नसकेको पीडितहरुले गुनासाे गरे।
सरकारले नेपाली सेनामार्फत हावाहुरी पीडितहरुको घर धमाधम निर्माण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले कुनै पनि पीडितको नाम नछुटेको दावी गर्नुभयो। उहाँले स्थानीय स्तरमा घर निर्माण खटिएको नेपाली सेनाको प्रमुख, प्रहरी चौकी इन्चार्ज र वडाध्यक्ष तीन सदस्यीय समितिले कोही पीडितको घर निर्माणका लागि नाम छुटेको सिफारिस गरेमा त्यो सूची सरकारलाई सिफारिस गरेर पठाउने पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।