भोज खाँदा ३० जना बिरामी, १९ जनाको अवस्था जटिल

 जेठ ३१, २०७६ शुक्रबार ६:३६:२७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा बुधबार पास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी परेका छन् ।

स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो ।

भोज खाएपछि अचानक बुधबार रातिदेखि नै उनीहरु बिरामी पर्न थालेका थिए । बिहीबार सम्ममा १९ जनाको अवस्था जटिल भएपछि उनीहरुलाई जिल्ला अस्पताल लगिएको थियो ।

बिरामीहरुमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामी भएकामध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको बताइएको छ ।

एकैपटक धेरैजना बिरामी हुँदा ‘फुड प्वाइजन’ भएको चिकित्सकहरुको अनुमान छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया