चार प्रदेश केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बैशाख १२, २०८१ बुधबार
कालिकोट – पलाँता गाउँपालिकाको बेल्केढुंगा–मोहर–पुलाहाँ–छलाहा सडकखण्ड निर्माण गरिरहेको डोजरको साँचो विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुझाएका छन् ।
‘स्थानीय निकायको डोजर हो भन्ने बुझाइले साँचो कब्जा गरिएको हो, तर व्यक्तिको रहेछ भन्दै उनीहरुले साँचो बुझाए’, वडा नम्बर १ का अध्यक्ष मानबहादुर भण्डारीले बताउनुभयो ।
सडक निर्माणमा स्स्थानीय निकायले डोजर खरिद गरेर आफैले काम गर्ने र बजेट दुरुपयोग गर्ने गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाले देशभरका स्थानीय निकायले किनेर सञ्चालन गरेका डोजरको साँचो कब्जा गर्ने नीति रहेको बताउँछ ।
गाउँपालिकाको डोजर भन्ने सूचनाको आधारमा डोजरको साँचो कब्जा गरिएको र व्यक्तिको डोजर भएका बुझिन आएकाले साँचो फिर्ता गरिएको नेकपा नेता कर्णबहादुर भण्डारी ‘विराट’ले बताउनुभयो । डोजरको साँचो पाएपछि सडक निर्माण गर्ने काम सुरु भएको छ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।