‘सुरक्षित रगत सबैका लागि’ नारासहित मनाइयाे विश्व रक्तदाता दिवस

 जेठ ३१, २०७६ शुक्रबार १६:५३:५२ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर शुक्रबार ‘विश्व रक्तदाता दिवस’ मनाइँदैछ । 

नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । 

विश्व रक्तदाता दिवसकै अवसर पारेर आज काठमाडौंमा पनि ‘सुरक्षित रगत सबैका लागि’ नारासहितको प्रभातफेरी  प्रभातफेरी कार्यक्रम गरिएको थियो ।रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाण्डाैको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुमा रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन भएको थियो ।

प्रयोगशालाकी निर्देशक रुणा झाले नेपालको कुल जनसंख्याको २ प्रतिशतले निरन्तर रक्तदान गरे मागअनुसारको रगत परिपूर्ति गर्न सकिने बताउनुभयाे ।उहाँले रक्तदान १८ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले तीन–तीन महिनामा गर्न सक्ने बताउनु भयो ।

एक पोका रगतले तीन जनाको जीवन बच्न सक्ने निरन्तर एक व्यक्तिको रक्तदानबाट १२ जनाको जिवन बचाउन सकिने झा काे भनाइ छ ।

परिवार नियन्त्रण महाशाखाका महानिर्देशक आरपी विच्छले रक्तदान गनेर अरुको जीवन बचाउनु पुण्य कमाउनु भन्दै उमेर पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्नअनुरोध गर्नुभयो । 

प्रयोगशालाको तथ्याङकअनुसार चालू आर्थिक वर्षमा २ लाख ६२ हजार ४ सय  ३९ जना रक्तदाता छन् । यसैगरी तीन लाख ४४ हजार ९ सय ३३ जानमा रगत वितरण गरिएको तथ्याङमा उल्लेख छ ।  

रगतको महत्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने अभियानका रुपमा हरेक वर्ष आजको दिन यो दिवस मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन आयोजना गरिएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलगायत वर्षाैँदेखि रक्तदानको कार्यक्रम आयोजना गर्दै आएका विभिन्न संस्थाहरुकाेसमेत उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया