धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
पाल्पा – पाल्पामा जंगली च्याउ खाएर ज्यान जानेको संख्या ६ पुगेको छ ।
च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको शुक्रबार दिउँसो ज्यान गएको छ ।
गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको शुक्रबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा गाहाको ज्यान गएको थियो ।
उमेशको घरमै र रिखिसराको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा ज्यान गएको हो । च्याउ खाएर बिरामी परेका २९ वर्षीया दानमाया सिंह ठकुरी, ३० वर्षीया धनकुमारी ठकुरी, ३६ वर्षीया चनकुमारी खाम्चा मगर र १५ वर्षीया बिमला खाम्चाको चितवनमा उपचार भैरहेको छ ।
बिरामी परेका ८० वर्षीय प्रेमबहादुर ठकुरी भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।