कसले पहिला बोल्ने भन्ने विवादले प्रधानमन्त्रीको सम्बोधन अझै सुरु भएन

 असार ३, २०७६ मंगलबार १२:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भए पनि प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि संसद बैठक अझै सुरु हुन सकेको छैन ।

पहिले दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि अहिले कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् । अहिले ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरिरहेका छन् । 

संबोधनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे संसदलाई जानकारी गराउने बताइएको छ । साथै उहाँले समसामयिक राजनीतिबारे पनि धारणा राख्ने अधिकारीले जानकारी दिनुभयो ।

विवादित गुठी विधेयकबारे सरकारी धारणा पनि संसदमा राख्ने अनुमान गरिएको छ । चौतर्फी विरोध भएपछि विधेयकका केही प्रावधान परिमार्जन गर्ने सरकारको तयारी छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया