सुतिरहेको अवस्थामा धारिलाे हतियार प्रहार गरी एक जनाकाे हत्या

 असार ५, २०७६ बिहिबार १८:१३:४३ | भावुक योगी
unn.prixa.net

 बर्दिया - बर्दियाको राजापुर नगरपालिका-३, नंगापुरमा एक जनाको हत्या भएको छ । 

घरको आँगनमा सुतिरहेको अवस्थामा ५५ वर्षीय जयराम थारुको हत्या भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । 

'घरकाे आँगनमा सुतिरहेकाे अवस्थामा थारुको निधारमा धारिलो हतियार प्रहार भएको देखिन्छ । हत्या कस्ले र किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको छ', महराले भन्नुभयो । 

राति खाना खाएर सुतेका थारुको धारिलाे हतियार प्रहारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । तालिम प्राप्त कुकुर लिएर घटनास्थल पुगी अनुसन्धान प्रक्रिया अघि बढाएकाे प्रहरीले जनाएकाे छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया