धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – आइतबार बिहानै उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भैरहेको छ । पूर्वी भेगबाट गएको बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्र हुँदै पश्चिमी भूभागमा सरिरहेको छ । यसैको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन मध्य हुँदै पश्चिमी क्षेत्रमा जाने भएकाले आइतबार अन्य भूभागको तुलनामा पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । मध्य र पश्चिमी भूभागमा पानी पर्ने सम्भावना भएकाले चुरेबाट बहने नदीमा भने बाढीको सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै बाढी पुर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई लगायतका नदीमा पानीको सतह बढ्ने जनाएको छ । यस्तै साना तथा खहरे खोलामा पनि एक्कासी पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थान तथा मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति देशको पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्व तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षा हुनुको साथै उच्च हिमाली भूभागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।