च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविष्कारमाथि (पेटेन्ट राइट्स) रहेको कम्पनीले बिहीबार दाबी गरेको छ ।
यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविष्कारमा पनि हुवावेको पेटेन्ट राइट्स रहेको र यो अमेरिकी अधिकारीद्वारा अधिकार पत्र (लाइसेन्स) दिइएको कम्पनीले बताएको छ ।
बौद्धिक सम्पत्ति भनेर चिनिने त्यस अधिकारबापत उसले सन् २०१८ को अन्त्यसम्ममा आफ्नो वार्षिक आम्दानीको १० देखि १५ प्रतिशतसम्म खर्च अनुसन्धान तथा विकासका लागि खर्चिने गरेको बताएको छ ।
शेन्जेनमा रहेकाे कम्पनीको मुख्यालयले सन् २०१८ मा प्रविधिमा पछिल्लो पुस्ताको फाइभ–जी नेटवर्कका लागि मात्रै दुई अर्ब अमेरिकी डलर लगानी रहेको जनाएको छ ।
फाइभ–जीका लागि अन्य सबै प्रमुख उत्पादक कम्पनीले अमेरिका र यूरोपमा गरेको खर्चभन्दा हुवावेले गरेको यो लगानी अत्यधिक बढी रहेको पनि कम्पनीको दाबी छ ।
'हुवावेले अन्य कम्पनीहरूको इन्टरनेट प्रोटोकल (आइपी) लाई सञ्चालन गर्नका लागि ३० वर्षमा छ अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व तिरेको र यसको झण्डै ८० प्रतिशत हिस्सा अमेरिकी कम्पनी तथा फर्मका लागि गएको छ', हुवावे कम्पनीका प्रमुख कानून अधिकृत सोङ लिउपिङले बताए ।
सोङले भने, 'बौद्धिक सम्पत्तिको सम्मान र सुरक्षा गर्ने विषय हुवावेको प्रमुख सिद्धान्त र आधार भएकाले उसले व्यवसायिक सफलता पाएको तर यसलाई विभिन्न क्षेत्र (खासगरी अमेरिका)बाट आईपी विवादका रूपमा राजनीतिकरण गर्न खोजेको देखिन्छ ।' विगत ३० वर्षमा विश्वको कुनै पनि अदालतले हुवावेले गलत उद्देश्य राखी आईपी चोरी गरेको ठहर नगरेको छैन सोङले बताए।
साेङ भन्छन्, 'कुनै पनि कम्पनीले अरूको आविष्कार चोरेर विश्वलाई नेतृत्व गर्न सक्दैन । यो अन्तराष्ट्रिय व्यापारमा सामान्य हो र यसलाई कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्छ ।'
सोङका अनुसार हुवावे विश्वकै उच्च सफल प्रबिधि कम्पनी बन्न सफल भएको छ । यो कम्पनीले अनुसन्धान तथा विकासमा लामो समयदेखि गरेको उच्च लगानीको प्रतिफल हो ।
सन् २०१८ मा यस चिनियाँ प्रविधि कम्पनीले प्रविधिको अनुसन्धान र विकासका क्षेत्रमा १५ अर्ब अमेरिकी डलर खर्चेको छ, जसले उसलाई विश्वको पाँचौँ ठूलो प्रविधि कम्पनीका रूपमा स्थापित गर्न सफल भएको छ ।
सोङले सम्मेलनमा भने, 'अहिलेको अवस्थामा हुवावेका ८० हजारभन्दा बढी अनुसन्धान तथा विकासका लागि काम गर्ने इन्जिनियरहरू रहेका छन् । उनीहरूले मन र मस्तिष्क लगाएर हामीले निर्माण गरेको प्राविधिक आविष्कारको विकासमा देन पुर्याउने गरेका छन् ।'
सोङ भन्छन्, 'हुवावेले बौद्धिक सम्पत्ति अधिकार संरक्षण प्रणालीका लागि पूर्णतया सहयोग गरिरहेको छ र गर्नेछ । हुवावेले बौद्धिक सम्पत्तीलाई हतियारका रूपमा प्रयोग गर्ने छैन । हुवावेको बौद्धिक सम्पत्ति नीति आक्रामक नभै रक्षात्मक रहने छ ।'
हुवावेको पेटेन्ट अधिकारमा अत्यधिक फोर–जी र फाइभ–जी प्रविधिका महत्वपूर्ण अविस्कारमाथिको अधिकार रहेका छन् । कम्पनीले विश्व बजारमा आफ्नो प्रविधिसँग सहकार्य गर्न चाहने कुनै समूह तथा कम्पनीसँग आदानप्रदान गर्न इच्छुक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।