अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको बताउनुभएको छ ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लव समूह आतंकवादी समूह नै भएको ठोकुवा गर्नुभएको हो । विप्लवका क्रियाकलाव नागरिकमा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुरा क्रान्तिकारी, परिणाम दक्षिणपन्थीहरुलाई टेवा पुर्याउने हो उहाँहरुको । दक्षिणपन्थीहरुको सेवा गरिरहेको छ विप्लव भन्ने आतंककारी समूहले । यो आतंककारी नै हो । आपराधिक नै हो संगठित रुपमा ।’
उहाँले सरकारले वार्ता आह्वान गर्दागर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु जम्माजम्मी उपयोगितावादी हो । अराजकतावादी हो । लुटेरा समूह हो । क्रमशः संगठित आतंकवाद हो । सामाजिक फासिवाद पनि हो । त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन । चुनाव लड्ने हुती छैन । कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरेर मान्छेलाई दिनहुँ तर्साएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैँन ।’
सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उहाँले विप्लव समूहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले वार्ता पनि गर्यौं । वार्तालाई उहाँहरुले रुचाउनुभएन । अनुचित कार्य गर्दे हिँड्नुभयो । गैरसंवैधानिक कार्य गर्दे हिँड्नुभयो । त्यसो भएपछि नियन्त्रणमा लिने, निष्तेज गर्ने सरकारको काम हो । त्यसैले बल प्रयोग गरेको छैन सरकारले । उहाँहरुलाई फेरि पनि अनुरोध छ । हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है । थाहा पाउनु पर्यो । यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा । क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ । क्षतितर्फ नजाऊँ समय छ । आउनुहोस् छलफल गरौँ ।’ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक परिर्वतन भइसकेको भन्दै उहाँले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई नागरिकले स्वीकार नगर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘व्यक्ति व्यक्तिका अधिकार के–के चाहिएको हो ? त्यो मनोगत आंकाक्षाले हुदैन । जनता सहमत हुनुपर्छ । जनताले हिंसालाई अस्वीकार गरेको हो । क्रान्तिको नाममा स्कुल बन्द ? वितण्डा ।’
उहाँले दुई तिहाइको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई तिहाईको सरकार सिमलको भुवा होइन । यसो खस्ने, कता जाने कता जाने टुंगो नभएको ।’ उहाँले संगठित आतंककवादतर्फ उन्मुख विप्लव समूहका क्रियाकलापलाई सरकारले छुट नदिने स्पष्ट पार्नुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, 'वार्तामा नआउने । दाउपेच गर्दे आफूहरुमाथि निगरानी छोड् भनिरहने । आफ्नो धन्दा गरिरहने, हिंसाका लागि वातावरण तयार गरिरहने । धम्काउने, कमिसन माग्ने । ठेक्का पट्टा आदिलाई त्राहीमाम बनाउने । यो जंगली राज त चल्दैन । यो जंगली राजलाई छुट दिन सकिन्न । उहाँहरुले र्निदोष मान्छे मार्या क्रान्तिका लागि हो ? कोही झुक्किएर पर्न भयो नियन्त्रणमा लिन खोज्दा खोज्दै भने त्यो चाहिँ दमन ? त्यो हुँदैन । सङ्लाे वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ ? के प्राप्ति भन्नु पर्यो नि । के लडाउन दौड्या ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।