प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
बाँके - बाँकेमा एक हजार ९०० विपन्न परिवारको फुसको छाना विस्थापित गरि जस्तापाता वितरण गरिने भएकाे छ ।
यही असारभित्रै उनीहरुलाई जस्तापाता वितरणका लागि ५० हजार रुपैयाँ अनुदान प्रदान गरिने शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । मन्त्री राईको पहलमा जस्तापाताका लागि नगद अनुदान दिन लागिएको हो ।
शहरी विकास मन्त्री राईले विकास निर्माणको काममा ढिलाइ गर्ने निर्माण कम्पनीमाथी सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनी दिनुभएको छ । उहाँले समयभित्रै गुणस्तरयुक्त काम सम्पन्न गर्नका लागि निर्माण स्थलमै प्रयोगशाला संचालनमा ल्याइएको बताउनुभयो ।
बाँकेको नेपालगञ्जमा निर्माणाधीन भेरी अञ्चल अस्पतालको भवन र सिटी हलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री राईले वर्तमान सरकारले गुणस्तरमा कुनै पनि सम्झाैता नगर्ने बताउनुभयो । मन्त्री राईले समयभित्रै गुणस्तरयुक्त काम सम्पन्न गर्नका लागि सिटी हलमा प्रयोगशाला सञ्चालनमा ल्याइएको र भेरी अस्पतालमा चाँडै प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका विभिन्न योजनाको स्थलगत अनुगमन गर्नुभएका मन्त्री राईले सबै कामहरु समयभित्रै सम्पन्न गर्नेगरी गुणस्तरयुक्त निर्माण भएको पाएको बताउनुभयो ।