गर्मीमा पानी पिउनुको फाइदा

 असार २३, २०७६ सोमबार १०:३०:४१ | विना न्याैपाने
unn.prixa.net

देशैभर गर्मी बढेको छ । गर्मीमा तिर्खा धेरै लाग्ने भए पनि दुषित पानी पिउनु हुँदैन । गर्मीमा पसिना बढी आउँछ । त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त पिउनुपर्ने हुन्छ ।

यसमा पनि कामको आधारमा कति मात्रामा पिउने भन्ने कुृराको निर्धारण हुन्छ । बाहिर धेरै हिँड्नुपर्नेले धेरै मात्रामा र कोठामा नै बसेर काम गर्नैले केही हदसम्म थोरै पिउँदा हुन्छ ।  पानी उमालेर पिउँदा धेरै रोगबाट बच्न सकिन्छ ।

– औषधि नियमित खानुपर्छ र पानी धेरै पिउनुुपर्छ । 
– जण्डिस, झाडापखला तथा फिबर भएकाले प्रशस्त पानी पिउँदा रोग छिट्टै सञ्चो हुन्छ  । 
– पानी खान मन लाग्दैन भने जुस, दही, लसी, कागती पानी, सर्बत, नरिवलको पानी, गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ । 
– गर्मीमा धेरै पानी पिउँदा पाचन प्रणालीमा सुधार आउँछ  । 
– गर्मी मौसममा दिउँसोे फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ । 
– व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका ३० मिनेट हिँड्ने गर्नाले फाईदा पुग्छ  ।  
– रातीको खाना खाएपछि कम्तिमा दुई घण्टा सुत्नु हुँदैन ।
– गर्मीमा चिया, कफी सकेसम्म कम पिउनुपर्छ । 
– गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ । यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ । तर बेसिजनको फलफूलले भने झन समस्या बढाउँछ ।  

पानीको कमी भयो भने :
– खाएको खाना पच्दैन ।
– पिसाबबाट जानुपर्ने बिकार पदार्थ जाँदैन । 
– डिहाइड्रेसन हुन्छ । 
– रिँगटा लाग्ने, बाटोमा ढल्ने संभावना धेरै हुन्छ  । 
– तर मुटुकोे रोगी छ भने धेरै पानी पिउनु हुँदैन । 

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर ध्रुव गैह्रेसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया