अझै केही दिन वर्षा हुने, चुरे क्षेत्रबाट बहने खोलामा बाढीको सम्भावना

 असार २६, २०७६ बिहिबार ७:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भूभागमा लगातार पानी परिरहेको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जानकारी दिनुभयो । 

लगातार पानी परेपछि बाढी र पहिरोको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

बिहीबार चुरेबाट बहने खोलामा बाढी आउने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । 

बिहीबार बेलुकीपछि भने पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रमा पानीको सतहले सतर्कता तह पार गर्ने देखिएको पनि महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया