धादिङमा घर भत्किँदा एक जना बालिकाकाे ज्यान गयाे

 असार २७, २०७६ शुक्रबार १८:३५:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - गजुरी गाउँपालिका वडा नम्बर-४, बालुवाडाँडामा अविरल वर्षाका कारण घर भत्किँदा शुक्रबार एक जना बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

कृष्णबहादुर तामाङकी ८ वर्षीया छाेरी अस्मिता तामाङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् ।

२४ घण्टादेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग खण्डको विभिन्न स्थानमा सडक अवरोध भएको छ । वर्षाका कारण पृथ्वी राजमार्ग माथिबाट खनिएका सडकहरुको लेदो सडकमा आएर राजमार्ग अवरुद्ध भएको छ ।

धादिङको बेनिघाट, गल्छी लगायतको स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातफी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउँदै नीलकण्ठ नगरपालिकास्थित शीतल बजारमा सडक भासिएपछि ५ घर भत्किएको छ । आसपासका एक दर्जन घर जोखिममा परेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया