त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

 साउन ३, २०७६ शुक्रबार २०:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ ।

यसअघि जेठ १८ गते पहिलो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो । प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले शुक्रबार दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो । 

डाक्टर भण्डारीले फेसबुकमार्फत दोस्रोपटक कलेजो प्रत्यारोपण भएको जानकारी दिँदै कलेजो दान गर्ने र लिने व्यक्तिलाई धन्यवाद दिनु भएको छ । त्यस्तै भारतको फोर्टिस अस्पतालका डाक्टर विवेक विज र उहाँको टिमलाई पनि डाक्टर भण्डारीले धन्यवाद दिनु भएको छ ।  दोस्रो पटक कलेजोको सफल रुपमा प्रत्यारोपण भएको जानकारी दिए पनि उहाँले डोनर र प्राप्त गर्ने व्यक्तिको नाम भने खुलाउनु भएको छैन । 

नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ छ । यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् ।
डाक्टर भण्डारीका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ । कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

अबको केही समयपछि शिक्षण अस्पतालमा महिनामा कम्तीमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । त्यसपछि वर्षमा २०–२५ वटासम्म कलेजो प्रत्यारोपण गर्ने लक्ष्य रहेको डाक्टर भण्डारीको भनाइ छ ।

यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनु भएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया