कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको मोह देखियो: नेकपा प्रवक्ता श्रेष्ठ

 साउन ४, २०७६ शनिबार १९:५१:३४ | किरण लोहनी
unn.prixa.net

गोरखा - नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

गृहजिल्ला गोरखामा पुराना कम्युनिष्ट नेता श्रीनाथ अधिकारीको स्मृति सभामा बोल्दै उहाँले पार्टीभित्र वैचारिक र सांस्कृतिक बहस जरुरी रहेको बताउनुभयो । चरम व्यक्तिवाद हावी हुँदै जाँदा पार्टीको आन्तरिक स्वच्छता कमजोर हुँदै गएको उहाँको बुझाइ थियाे ।

कम्युनिष्ट पार्टीभित्र दुईवटा विकृति हावी हुँदै गएको भन्दै नेकपा प्रवक्ता श्रेष्ठले पद, शक्ति र पैसाका लागि जे पनि गर्ने संस्कार विकसित हुँदै गएको बताउनुभयो । ‘कम्युनिष्ट आन्दोलनमा दुईवटा विकृति झाँगिएको छ, पद्धतिका हिसाबले जनवादी केन्द्रीयताको अभ्यास हुँदैन, चरम व्यक्तिवाद छ, स्वच्छताको हिसाबले स्वच्छता कमजोर हुँदै गएको छ, चरम भ्रष्टीकरण छ।’

उहाँले अगाडि भन्नुभयो, ‘विकासका कुरा गर्दा पीपीपी हुन्छ, पब्लिक प्राइभेट पार्टनरशिप । अहिले हाम्रो कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीमा पीपीपी अर्को रुपमा लागू हुन थालेको छ, पोस्ट, पावर र प्रपर्टी, यो तीनवटाको निम्ति जे पनि गर्ने ।’

कम्युनिष्ट पार्टीभित्र वैचारिक र सांस्कृतिक रुपान्तरण जरुरी रहेको भन्दै उहाँले वैचारिक, सांस्कृतिक समस्या हल नगर्ने हो भने तात्कालिक र रणनीतिक दुवै लक्ष्य पूरा हुन नसक्ने उहाँको भनाइ छ ।

पुँजीवादी संसदीय व्यवस्था वा शान्तिपूर्ण प्रतिस्पर्धात्मक संसदीय अभ्यासमध्ये एउटा छनौट गर्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै उहाँले तत्कालका लागि भने शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोलाई तत्काल अंगीकार गर्नुपर्ने बताउनुभयो । वैचारिक रुपमा स्पष्ट नहुने हो भने कम्युनिष्ट पार्टीहरु पनि कांग्रेसकै बाटोमा जान सक्ने नेकपा प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘हाम्रो पार्टी र हाम्रो आन्दोलनलाई ठूलो दाई काग्रेस बनाउन खोजेको हो कि, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन  खोजेको हो स्पष्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्ट पार्टीलाई, क्रान्त्किारी पार्टीका रुपमा जनताले जिताएर झण्डै दुई तिहाइ नजिकको मत दिएर सरकारमा पुर्‍याएका हुन्, तर हाम्रो सम्पूर्ण नीति र आचरणले हामीलाई दाई कांग्रेस बनाउनु हुँदैन ।’

मार्क्सवादको रक्षा र सिर्जनात्मक विकास, एउटा कम्युनिष्ट केन्द्र बनाउने लक्ष्य, राजनीतिक परिवर्तनलाई सामाजिक, आर्थिक क्षेत्रमा विस्तार गर्ने र नागरिकको जीवन फेर्ने दिशातर्फ सबै कम्युनिष्ट पार्टी एक ठाऊँमा उभिनुपर्ने उहाँले बताउनुभयो  ।

राजनीतिक अधिकारसँगै भौतिक जीवनमा परिवर्तनको अवस्था सिर्जना गर्ने र  त्योभन्दा अघि बढेर समाजवादको बाटो तय गर्न सबै कम्युनिष्ट पार्टीहरुबीच स्पष्ट दृष्किोण चाहिने श्रेष्ठले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रतिवेदनले पनि सबै कम्युनिष्ट पार्टीलाई एक ठाऊँमा उभिने वातावरण बनाउने भन्दै २००६ सालमा बनेको कम्युनिष्ट पार्टीलाई राजनीतिक र वैचारिक हिसाबले पुनर्गठन गर्नुपर्नेमा नेकपा प्रवक्ता श्रेष्ठले जोड दिनुभयाे । 

अन्तिम अपडेट: चैत ५, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

2 Comments

  • kalyan dev bhattarai

    July 21, 2019, 1:34 p.m.

    the new definition of PPP (party power property ) is well fitted not only for your NCP but to all Nepalese political parties. Present ideology of all political parties is same loot as much as you can and when you are not in looting post criticize as much as you can this is the characteristics of present day political cadres and leaders. try to make powerful commission to investigate the property of all political leaders and show minimum honesty then every thing will change positively the politics, economic condition and development. What happen to your claim of chief of organization sector ? may be it is hijacked by Iswer pokheral ? Do not worry in next reshuffling of ministry you may get the looting post. and every things will be fine good .

  •  0 Reply
  • प्रा. डा. विनय कुमार झा

    July 20, 2019, 8:11 p.m.

    भाषण र अभिव्यक्ति दिन जति सजिलो हुन्छ त्यस अनुसार कर्म गर्न त्यति सहज हुँदैन । अझ त्यसमा दक्षिण एशियाका नेताहरुमा यो धैर्यताको त खडेरी नै परेको छ जस्तो लाग्छ । आफै पनि नातावादकृपावादमा रुमल्लिएको अरूलाई थाहा नै छैन भन्ने ठान्नेहरूको कमि छैन हाम्रो मुलुकमा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया