शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
मकवानपुर - मकवानपुरको राक्सिराङ गाउँपालिका-१, ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् ।
उनलाई पेस्तोल, पेस्तोलमा लाग्ने गोलीको खोका, जंगी गोली ५ राउण्ड र ३५ किलो गाँजासहित मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा लैजाँदै गरेकाे समूहका ४-५ जनामध्ये स्याङतानले प्रहरीलाई गाेली हानेकाे र प्रहरीले समेत जवाफी कारबाही गरी स्याङतानलाई पक्राउ गरेको जनाइएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।