विषालु च्याउ खाँदा रुकुममा ५ जना गम्भीर बिरामी

 साउन ७, २०७६ मंगलबार १८:५१:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - जंगलबाट ल्याएको विषालु च्याउ खाँदा रुकुम पश्चिममा ५ जना गम्भीर बिरामी परेका छन् ।

मंगलबार बिहान जंगलबनट ल्याएको विषालु च्याउ खाँदा चौरजहारी नगरपालिका-३ का एकै परिवारका ४ जना र १ छिमेकीसहित ५ जना गम्भीर बिरामी परेका हुन ।

विषालु च्याउ खाँदा ४८ वर्षीय डिलसरा देवी पोखरेल, ४२ वर्षका ओम कुमार पोखरेल, १५ वर्षीया विजया पोखरेल, १३ वर्षीय तिलक पोखरेल र ३० वर्षीया विपना‍ पोखरेल बिरामी परेका हुन् । उनीहरु सबैलाई चौरजहारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया