सप्तरीमा चट्याङ लागेर तीन जनाको ज्यान गयाे, अन्य तीन जना घाइते

 साउन ७, २०७६ मंगलबार २०:१४:४४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी -  सप्तरीमा मंगलबार बिहान मेघ गर्जनसँगै वर्षासहित परेको चट्याङ्का कारण तीन जनाको ज्यान गएको छ । 

ज्यान जानेमा सप्तरीको सुरुङ्गा नगरपालिका-३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका-११ का शुभ नारायण पण्डितकी ४५ वर्षीया श्रीमती शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोज कुमार यादवले जानकारी दिनुभयो । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 त्यस्तै तिलाठि कोइलाडी गाउँपालिका-१ बस्ने लक्ष्मण यादवकी १५ वर्षीया छोरी पुनम कुमारी यादवकाे खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ् लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

यसैगरी चटयाङ्गबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका-७, ब्रहमपुरमा तीन जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा ४२ वर्षीया देवकी देवी साह ,३८ वर्षीय दिपेन्द्र साह र उनकी ३० वर्षीया श्रीमती सोनी देवी साह घाइते भएका हुन् ।  


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया