ओमप्रसाद थपलिया प्रदेश ३ को मुख्य न्यायाधीवक्तामा सिफारिस

 साउन १०, २०७६ शुक्रबार ७:२४:२० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ को मुख्य न्यायाधीवक्तामा ओमप्रसाद थपलिया सिफारिस हुनु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्य न्यायाधीवक्तामा काठमाण्डौ महानगरपालिका –१४ कलंकी निवासी थपलियालाई सिफारिस गर्नुभएको हो ।

बिहीबार मुख्य न्यायाधीवक्तामा सिफारिस हुनुभएका थपलियालाई साउन १२ गते साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सफथ खुवाउने कार्यतालिका तय भएको छ । प्रदेशको मुख्य न्यायाधीवक्तामा सिफारिस गरिए पनि औपचारिक रुपमा भने मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छैन ।

मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ । २०४४ साल देखि नै अधिवक्ताबाट कानुनी क्षेत्रमा लाग्नुभएका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा वकालत पेसामा आवद्ध हुनुहुन्छ । थपलिया २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता हुनुभएको हो । उहाँको जन्म नुवाकोट जिल्लाको तत्कालीन मदनपुर गाविसमा भएको हो ।

यसअघि मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो ।

अन्तिम अपडेट: चैत १६, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया