सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुल...
बैशाख ७, २०८१ शुक्रबार
जाजरकोट – जाजरकोटमा सोमबार घुस लिएको रकमसहित अख्तियारले एक कर्मचारीलाई पक्राउ गरेको छ ।
८० हजार घुससहित जिल्ला प्राविधिक कार्यालय जाजरकोटका जिल्ला इञ्जिनियर अन्जयकुमार देवलाई अख्तियारको टोलीले पक्राउ गरेको होे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।
सुर्खेतबाट आएका अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई सोमबार बिहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको अख्तियारका सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।