एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – मेरो नाम बर्मदेव यादव । उमेर २५ वर्ष भयो । घर वीरगन्जमा हो ।
म गाउँघरतिरै मजदुरी गर्थें। अब अलि धेरै कमाउनुपर्यो भन्ने लाग्यो । साथीहरुले विदेश गएर राम्रो कमाइ गरिरहेको पनि देखेँ । मलाई नि एकपटक त विदेश पुग्नैपर्छ भन्ने लाग्यो ।
जान त जाने, तर कसरी ? मलाई केही पनि थाहा थिएन । गाउँकै मामा नाता पर्ने एकजना हुनुहुन्थ्यो, तुलसी महतो । उहाँले नै मलाई विदेश जाने भए म पठाइदिन्छु भन्नुभयो ।
आफू त साधारण मान्छे । आफ्नै मामाले पठाइदिने भएपछि म ढुक्क भएँ । जे मामाले भन्नुभयो त्यही मान्दै गएँ । ओमान पठाइदिने कुरा गर्नुभयो । राम्रो छ, ओभर टाइम पनि गर्न मिल्छ भन्नुभएको थियो । म त मख्ख परेको थिएँ नि ।
जेठ महिनामा ‘ओमानको लागि भिसा लगाउनुपर्ने भयो भाञ्जा अहिलेलाई ८५ हजार चाहियो’ भन्नुभयो ।
मलाई उहाँप्रति विश्वास थियो । उहाँले त मलाई यसरी फकाउनुभएको थियो कि, म त धेरै पैसा कमाउन थालेको सपना देख्न लागिसकेको थिएँ ।
मसँग त्यत्रो पैसा त थिएन तर ऋण निकालेर भए पनि दिएँ ।
यही असार १२ गतेभित्र ओमान पठाउँछु भनेर पैसा लगेको थियो । तर के पठाउनु, उ त ठग रहेछ भन्ने बल्ल थाहा पाएँ । मजस्तै धेरै साथीहरुलाई पनि ठगेको रहेछ ।
अहिले ऊ आफै जेलमा परेको छ, ठगीको मुद्दामा । मजस्तै विदेश पठाइदिन्छु भनेर पहिले पनि धेरैलाई ठगेको रहेछ । सबैले उजुरी गरेपछि प्रहरीले पक्रेर जेल चलान गरेछ ।
अब विदेश त कसरी जाने र ? उसलाई दिएको पैसा पनि फिर्ता पायो भने हुन्थ्यो । त्यही भएर क्षतिपूर्ति भराइपाउँ भनेर वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएको हुँ ।
अब त फर्केर घर जान पनि लाज लाग्छ । साहुले पनि पैसा मागिरहेको छ । विदेश गएर तिर्छु भनेको थिएँ । अब कहाँबाट दिने त्यत्रो पैसा ?
आफूसँग सीप भनेको प्रेसर कुकर बनाउने, साइकल बनाउने र त्यही मजदुरीको सीप हो । त्यो काम गरेर त्यत्रो ऋण तिर्न त कति वर्ष लाग्छ कति । आफैले विश्वास गरेको मान्छे नै एजेण्ट रहेछ । मलाई त एजेण्ट भन्ने नि थाहा थिएन ।
अहिले बल्ल बुझ्दैछु । उनीहरु त ठग हुँदा रहेछन् । आफ्नै मान्छेले नि ठग्छन् भन्ने मलाई के थाहा !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।