सधैँ क्रिकेट जित्ने मकवानपुरे श्रेष्ठले ब्लड क्यान्सरलाई भने जित्न सकेनन्

 साउन १२, २०७६ आइतबार १४:७:४२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान निरज श्रेष्ठको निधन भएको छ ।

रक्त क्यान्सरबाट पीडित श्रेष्ठको आइतबार बिहान काठमाण्डौकाेशहीद मेमोरियल अस्पतालमा ३६ वर्षकाे उमेरमा निधन भएको हो । आठ महिनादेखि  नेपाल तथा भारतका विभिन्न अस्पतालमा रक्त क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको आइतबार निधन भएको हो। 

हेटौंडा–५, सानोपोखराका निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य हुन भने उनी संघको पूर्व कोषाध्यक्षसमेत भएका थिए । क्रिकेट खेल त्यति बेलै नेपालमा कम खेलिन्थ्यो । कम मान्छेको रुचिमा परेकाे खेल थियो क्रिकेट । मकवानपुरमा पनि क्रिकेटप्रतिकाे लगाव त्यति आशालाग्दो थिएन ।

मकवानपुरमा राम्रा क्रिकेट खेलाडी पनि त्यतिबेला थाेरैमात्र थिए ।मकवानपुरमा क्रिकेट खेलाडीकाे खडेरी टारेका पूर्व खेलाडी तथा कप्तान निरज श्रेष्ठलाई यहाँको क्रिकेटको हस्तीको रुपमा लिइन्छ ।

क्रिकेटर निरज झण्डै २ वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका थिए । भारतको नयाँ दिल्लीदेखि काठमाण्डौका अधिकांश अस्पतालमा उनले उपचार गराएका थिए । उनलाई बचाउन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित सिनियर खेलाडीले हेटौंडामै च्यारिटी क्रिकेट म्याच पनि खेलेकाथिए ।
च्यारिटी म्याचबाट उठेको रकम निरजकै उपचारमा खर्च गरिएको थियो । मकवानपुर क्रिकेट संघले समय-समयमा सहयोग गरेको थियो ।

१५ वर्षको उमेरमै क्रिकेटको ब्याट उचालेका निरजले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलिसकेका थिए ।उनले २०६०–६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका थिए।

निरजलाई श्रद्धाञ्जली अर्पण गर्न मकवानपुर क्रिकेट संघको टोली काठमाण्डौ लागेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया