मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्‍यो, वर्षाको सम्भावना

 साउन १७, २०७६ शुक्रबार ८:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार देशभर मौसम बदली हुने र केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा (मनसुनको समयमा वर्षा हुने प्रणाली) विस्तारै नेपालतर्फ सर्दे आएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागमा सामान्य बदलीको अवस्था रहेको र ती क्षेत्रहरुका थोरै ठाउँमा हल्का वर्षा भैरहेको मौसमविद्हरुले बताएका छन् ।

देशको केही भूभागमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा पश्चिमी पहाडी भू–भागको कैही भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया