फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
पर्वत - पर्वतको मोदी गाउँपालिका-२, देउपुरमा रहेकाे पातीचौरमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो साढे तीन बजे भएको आक्रमणमा घाइते हुनेमा स्थानीय ३५ वर्षीय खुम राना रहेका छन् । खुट्टा, हात र टाउकोमा चाेट लागेका उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
बनिरहेकाे घरभित्र चितुवा पसेको देखेपछि धपाउन गएका रानालाई चितुवाले आक्रमण गरेको स्थानीय समिर मल्लले जानकारी दिनुभयो ।
आक्रमणपछि स्थानीयले लखेट्ने क्रममा चितुवा पनि घाइते भएको थियाे । घाइते चितुवालाई प्रहरी मार्फत डिभिजन वन कार्यालय पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय पर्वतले घाइते चितुवाको उपचार भैरहेको जनाएको छ । चितुवा बस्तिमाथिको जंगलबाट गाउँमा आएकाे स्थानीयकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।