ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ५१ करोड

 असार २६, २०७५ मंगलबार ७:१८:२७ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आव  २०७५/७६ का लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । 

महानगरपालिकाले सोमबनर आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताउनुभयो ।  संघीय सरकारबाट ८९ करोड ७८ लाख रुपैयाँ आयको अनुमान गरिएको छ । 

प्रदेश सरकारबाट तीन करोड रुपैयाँ र आन्तरिक स्रोत एक अर्ब ७७ करोड ५४ लाख एक हजार रुपैयाँ आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ । 

नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा  ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विकासको शुरुवात महानगरको सबैभन्दा पिछडिएको फर्सीडोलबाट गर्नेछौँ ।” 

सांसद पम्फा भुसालले महानगरले कानूनले तोकेको मिति (१० असार) भन्दा ढिलो गरेर बजेट ल्याएको बताउँदै भन्नुभयो, “अनुभवको कमीले यो वर्ष ढिला भए पनि आगामी वर्ष समयमा नै गर्नुपर्छ ।” प्रदेशसभा सदस्य माधव पौडेलले महानगरपालिकाले सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने आैँल्याउनुभयोे । नगरसभा सदस्य रामकुमारी लेखुले नगरको विकासका लागि सबै दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया