मनसुनी गतिविधि सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन २१, २०७६ मंगलबार ८:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेपछि मनसुनी गतिविधि सक्रिय बनेको छ । मंगलबार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो पश्चिमी भेगमा सामान्य बदली र पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । 

देशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र पश्चिमी पहाडको केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तै, मंगलबार राति देशभर सामान्यतया बदली हुने र पूर्वी क्षेत्रका केही भूभागमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

केही दिनदेखि कमजोर बनेको मनसुन अहिले सक्रिय भएकाले पूर्वका पहाडी, मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया