मानसरोवर जाँदै गरेकी फ्रान्सेली महिला खाेलाले बगाएर बेपत्ता

 साउन २४, २०७६ शुक्रबार ६:२६:३२ | रासस
unn.prixa.net

 रसुवा - रसुवागढी मार्ग भएर चीनकाे मानसरोवरर्फ जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट बिहीबार बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार बिहीबार बिहान पाैने एघार बजे खुट्टा धुन खोलामा गएकी ७१ वर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगाएर बेपत्ता बनाएको हो ।

रसुवा जिल्ला गोसाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा  घटना भएको थाहा पाउनासाथ खोज उद्धारका लागि सीमाक्षेत्रको  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

ठाडो खोलामा पानीको बहाव तीव्र भएको र घटनास्थल भोटेकोशी नजिककाे गहिरो खोचमा रहे पनि सुरक्षाकर्मी उद्धारमा लागिपरेकाे जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताउनुभयो । हराएकी महिला काठमाण्डाैकाे सत्यम टुर एण्ड ट्राभलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया