बालुवा खनेकाे खाडलमा परेर २ मजदुर बेपत्ता: स्थानीयले २ ओटा एक्स्काभेटरमा आगाे लगाए

 साउन २५, २०७६ शनिबार १४:३५:५९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – गजुरी नगरपालिका वडा नम्बर-६ दरिंगाल खोलामा दुई जना मजदुरहरु खोलामा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नुहाउन गएका दुई जनाले भने पौडेर ज्यान बचाएका छन् । 

दरिंगाल खोलामा काम गर्न गएका गजुरी नगरपालिका वडा नम्बर-६ का १८ वर्षीय भिमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतान खोलामा डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

खोलामा बालुवा झिक्ने क्रममा एक्स्काभेटरले खनेको गहिरो खाल्डोमा परेर चार जनामध्ये दुई जना बेपत्ता भएका हुन् । खोलामा एक्स्काभेटरले खनेको खाल्डोमा परेर दुई जना मजदुर बेपत्ता भएपछि स्थानीयले दुई ओटा एक्स्काभेटरमा आगो लगाएका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया