पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । हामीले क्वाँटी विशेष गरेर जनैपूर्णिमाको दिन खाने गर्छौं । यो चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो ।
नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । गेडागुडीलाई टुसा उम्रनेग री पानीमा भिजाएपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
क्वाँटी खानुका फाइदा
वर्षायामसँगै सिजन परिवर्तन हुँदैछ । साउनमा धेरै जनाले माछामासु नखाने भएकाले पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पूरा गर्न यो खानैपर्ने हुन्छ ।
–रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।
–पाचनशक्तिमा सुधार आउँछ ।
–मधुमेह नियन्त्रणमा सहयोग गर्छ । तर मधुमेह भएकाले डाइटिसियनसँग सल्लाह लिन आवश्यक हुन्छ ।
–उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
–कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
–रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
–बालबालिका तथा वृद्धवृद्धाको कुपोषण हटाउन ।
–स्मरणशक्ति वृद्धि गराउँछ ।
क्वाँटीमा के के पाइन्छ ?
वृहत पोषक तत्वहरुमा : कार्बाेहाईड्रेड, प्रोटिन र फाईबर पाइन्छ ।
सुष्म पोषक तत्वमा : पोेटासियम, फस्फोरस, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट पाइने भएकाले आज एक दिन मात्रै नभएर हरेक समयमा खानुपर्छ ।
धेरै खायो भने गर्ने असर :
पाचन शक्तिमा समस्या आउँछ ।
पेटबाट ग्याँस धेरै निस्किन्छ ।
कुपोषित व्यक्तिले खाएमा पखाला लाग्न सक्छ ।
मृगौलाको समस्या हुनेहरुमा डाईलासिस गरिरहनु भएकोले खान हुन्छ, तर नगरेकाले खाँदा समस्या आउँन सक्छ ।
युरिक एसिड भएकाले पनि कम मात्रामा खान सकिन्छ ।
कस्ता व्यक्तिले बढी मात्रामा खानुपर्छ ?
गर्भवती महिला
सुत्केरी महिला
मधुमेह भएका बिरामी
(शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डाइटिसियन नानी शोभा शाक्यसँग गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।