चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
दुर्घटना कम गर्न निकै महत्वपूर्ण मानिने ट्राफिक पूर्वाधार हो, ट्राफिक बत्ती । तर काठमाण्डौ लगायतका व्यस्त शहरमा ट्राफिक बत्ती निकै कम छन् ।
हुनुपर्ने ठाउँमा छैनन् र भएका पनि धेरै काम लाग्ने अवस्थामा छैनन् । अझै दुःखको कुरा त नेपालमा ट्राफिक बत्तीको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार जस्ता विषय जानेका दक्ष जनशक्ति नै छैनन् ।
यही कारणले पनि नेपालमा ट्राफिक व्यवस्थापन र दुर्घटना कम गर्न निकै अप्ठ्यारो अवस्था रहेको छ । यही सन्दर्भमा सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दीप बाराहीसँग हामीले कुराकानी गरेका छौँ ।
ट्राफिक बत्ती व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्न नेपालले नसकेकाे हो या इच्छा, चाहना नभएको हो ?
तपाईँले भनेजस्तै दक्ष जनशक्तिको कमी चाहिँ भएकै हो । जस्तै: सबैले ट्राफिक बत्ती भएन भन्नुहुन्छ, तर यथार्थमा भन्नु पर्दा हामीसँग त्यो ट्राफिक बत्तीको बारेमा जान्ने सिक्ने जनशक्ति नै छैन ।
ट्राफिक बत्तीको विषयमा त मैले देख्दा सिभिल इञ्जिनियरको भूमिका एकदम नगन्य छ । यसमा त इलेक्ट्रोनिक्सको काम पनि छ, इलेक्ट्रिकलको काम पनि छ । यसमा कम्युटरको पनि काम छ । साथै मेकानिकलको पनि काम छ ।
यो सबै कुरा जानेको मान्छे चाहिन्छ, तर इञ्जिनियरले यो सबै कुरा जानेको हुँदैन । सिभिल इञ्जिनियरले पूर्वाधार बनाउन जानेको हुन्छ, इलेक्ट्रिकलले इलेक्ट्रिक पक्ष जानेको हुन्छ, मेकानिकलले मेकानिज्मको, कम्युटरले कम्युटरको, इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्सको ।
तर हामी चाहिँ ट्राफिक बत्तीमा सबै कुुरा जानेको, बुझेको मान्छे खोज्छौँ । उसले सफ्टवेयर र हार्डवेयर पनि जान्नुपर्याे । हामीले सबै कुरा जानेको व्यक्ति उत्पादन गर्नुपर्ने नै हुन्छ । यसबारे काम अघि बढाउन र दिगोपनाको लागि हामीले तालिम दिएर वा विदेश पठाएर सिकाएर भए पनि हामीले उत्पादन गर्नुपर्ने नै हुन्छ ।
यसको लागि तपाईँले या तपाईँकाे जस्ताे निकायले पनि काम गर्नुपर्ला नि ?
यो कुरा चाहिँ मुख्यरुपमा सडक विभागले नै गर्नुपर्छ । किनभने हामीले प्रयोग गर्ने सडकमा सडकसम्बन्धी चाहिने पूर्वाधारहरु– संकेत, घेरा, चिह्न लगायत सबै कुराको व्यवस्था हामीले गर्नैपर्छ । अब यसमै दक्ष जनशक्ति बनाउनको लागि विभाग र मन्त्रालयले सोच्नैपर्छ । अरु निकायले भन्दा पनि आफैँले त्यसतर्फ पहल गर्नैपर्छ ।
ट्राफिक बत्ती जडानमा ढिलाइ भएकाे हाेइन र ?
तपाईँकाे कुरा ठिक हो । हामीले ट्राफिक बत्तीबारे सफ्टवेयर, हार्डवेयर सबै जानेको मान्छे छिटोभन्दा छिटो उत्पादन गर्नुपर्छ । ट्राफिक बत्ती राखेर बिग्रिएको पनि हामीले देखेका छौँ, यसका लागि ट्राफिक बत्ती बिग्रँदा बनाउन सक्ने, मर्मत सम्भार गर्न सक्ने र निरन्तर यसको सञ्चालन गर्ने सक्ने जनशक्ति उत्पादन गर्नैपर्छ ।
अन्त्यमा, यो वर्ष ट्राफिक बत्ती व्यवस्थापन गर्न कति बजेट छुट्याइएको छ ?
ट्राफिक बत्ती व्यवस्थापनको लागि होइन साइन, चिह्नजस्ता पूर्वाधारका लागि यो वर्ष १५ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janak Nepal
Aug. 19, 2019, 8:47 a.m.जनशक्ति नभएको होइन, नखोजिएको हो | बिज्ञापन खुलाएर हेर्नुस थाहा हुनेछ नेपाल मा कसले के गर्न सक्छ भनेर | अनि मलाई ट्राफिक प्रहरी प्रमुख दिप बाराही संग contact गराउनु होला सक्नु हुन्छ भने | म mechanical, electrical, electronics and software सबै मा काम गर्न सक्ने एक electrical and electronics इन्जिनिएर हुँ |