श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

 भदौ ३, २०७६ मंगलबार १४:३:२९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – २४ वर्षीया  श्रीमती र १५ महिने छोरालाई तारपिनको तेल हालेर जलाउन प्रयास गर्ने श्रीमान पक्राउ परेका छन् ।

सिद्धलेक गाउँपालिका–१ की बिमला दराई लम्साल र उहाँका १५ महिने छोरो जेनिसलाई सोमबार राति तारपिन तेल हालेर जलाउन प्रयास गर्ने २५ वर्षीय गणेश लम्साललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

घरको धन्सारमा भित्रबाट चुकुल लगाइ आमा छोरालाई लम्सालले रङ लगाउन प्रयोग हुने तारपिन तेल खन्याएर जलाएका थिए । घटनापछि छोरो बोकेर झ्यालबाट हाम फालेर ज्यान जोगाएकी बिमलाले पतिलाई हदैसम्मको कारबाही गराउन इन्सेक प्रतिनिधिसहित मानव अधिकारकर्मीहरुसँग आग्रह गर्नु भएको छ ।

रक्सी खाएर आएपछि घरमा झगडा गरी घरभित्र लगेर मार्ने नियतले गणेशले आगो लगाएको स्थानीयले आरोप लगाएका छन् । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेपछि बाँच्न सफल भएको घाइते बिमलाले बताउनुभयो ।

घाइते भएकी बिमलाको गाउँबासीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगो लगाएर घाइते भएकी बिमलाको घाँटी, अनुहार, देब्रे हात, देब्रे खुट्टा र छातीमा गहिरोसँग पोलिएको छ । १५ महिने जेनिसको पेट, ढाड, देब्रे हात र देब्रे खुट्टामा पोलेको छ ।

गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालले एकीकृत संकट व्यवस्थापन प्रणाली अन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको जिल्ला अस्पतालमा सूचना अधिकारी कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका लम्साललाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।  

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया