फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
गोरखा – भारतको रिपुराज एग्रो प्रालीले उत्पादन गरेको सोनाशक्ति ब्राण्डको चामलमा अखाद्य वस्तु नमिसाइएको पुष्टि भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भैरहवामा भएको परीक्षणका क्रममा चामलमा प्लाष्टिक नमिसिएको प्रतिवेदन आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
पकाएको चामल डल्लो बनाएर भुईँमा फाल्दा निकै माथिसम्म उफ्रिएको भन्दै गोरखा बजारका केही उपभोक्ताले चामलमा प्लास्टिक मिसाइएको हुन सक्ने आशंका गरेका थिए ।
जिल्ला प्रशासन र गोरखा नगरपालिकाले संयुक्त अनुगमन गरी चामलको नमुना परीक्षणका लागि पठाएको थियो । परीक्षणको प्रतिवेदन नआउँदासम्म सोनाशक्ति ब्राण्डको चामल जिल्लामा बिक्री गर्न रोक लगाइएको थियो । चामल गुणस्तरीय रहेको प्रतिवेदन प्राप्त भएसँगै बिक्री खुला गर्न बिक्रेताहरुलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले बताउनु भयो ।
चामल उत्पादक कम्पनी रिपुराज एग्रो प्रालीले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी खाद्य वस्तुको गुणस्तरका विषयमा उपभोक्ताले चासो देखाएकोमा खुशी व्यक्त गरेको छ । ‘यसबाट हामी हाम्रो उत्पादनको गुणस्तर खस्कन नदिनका लागि थप सचेत छौं’, कम्पनीका सञ्चालक रिपु रमनले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘प्लास्टिकको चामल बन्नै सक्दैन, कसैले बनाइहाल्यो भने पनि त्यस्तो चामल भात बन्न सक्दैन ।’
निर्यातका क्रममा भारतमै र नेपाल प्रवेश गर्ने नाकामासमेत खाद्य वस्तुको गुणस्तर परीक्षण हुने भएकाले उपभोक्तालाई अहित हुने गरी मिसावट लगायतका कमजोरी गर्ने छुट उत्पादकलाई नभएको रमनको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।
Rahul Raj
Aug. 21, 2019, 7:42 p.m.Hare Krishna Radheshayam, Thanks a lot for standing for the truth....